हिजोको क्याबिनेटबाट क- कस्ले पाए सरकारी नियुक्ती ?

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय सार्वजनिक गरिएको छ । हिजो बिहान बसेको क्याबिनेट बैठकले नेपाल राजश्व विकास समिति,दुग्ध विकास संस्थान,राष्ट्रिय भूमि आयोगको सदस्यमा नियुक्ती गर्नुका साथैं लोकसेवा आयोग तथा न्याय सेवा आयोगका सिफारिसमा विभिन्न सेवासमूहका राजपत्राकिंत द्धितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको प्रथम श्रेणीमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।
क्याविनेटले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । यस्तै,राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मी र नापी विभागका उपमहानिर्देशक करूणा केसीलाई तोकेको छ भने नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा। जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्का अलवा सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि–कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ ।

Advertisement 1

क्याबिनेटले चीन सरकारसँग भएको ‘इप्लिमेण्टेसन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने निर्णय गरेको छ । यस्तै, नेपाल–चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता पनि स्वीकृत भएको बताइएको छ ।

क्याबिनेटले कतारमा मार्च २६ र २७ का दिन सम्पन्न हुने दोहा फोरमको २० औं संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणलाई समर्थन गर्ने निर्णय गरेको छ । त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको आगामी चैत १८ देखि २७ गतेसम्मको भारत भ्रमण स्वीकृत गर्नुका साथै जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृत दिइएको छ ।

Advertisement 2

चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जनासहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने हिजोको क्याबिनेटको निर्णय छ ।

2078-12-15
प्रकाशित :२०७८ चैत्र १५, मंगलवार १९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry