परीक्षा तालिका परिमार्जन (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयले सूचना सार्वजनिक गरेको छ । बीएससी भर्ना २०७८ को लागि लिइने इन्ट्रान्स परीक्षाको तालिका परिमार्जन गरिएको हो ।

Advertisement 1

विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा बार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञानतर्फ चार बर्षे स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि २०७८ चैत्र १९ गते प्रवेश परीक्षा तोकिएको थियो ।

तर सोही परीक्षा हाललाइ स्थगित गरिएको हो । उक्त दिन समान स्तरका विभिन्न बिषयका प्रवेश परीक्षाहरुका मितिलाइ ध्यानमा राख्दै परीक्षा मिति परिमार्जन गरिएको जानकारी दिइएको छ । विश्वविद्यालयले परिमार्जन गरेको प्रवेश परीक्षा मिति २०७८ चैत्र २४ गते बिहीबार अपरान्ह १ बजेदेखि ३ बजे सम्म हुने जनाइएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ चैत्र १५, मंगलवार ०६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry