यस्ता छन् प्रधानमन्त्रीसमक्ष कर्मचारी युनियनले राखेको मागपत्र

नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो ल्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका युनियनका नवनिर्वाचित पदाधिकारीहरुले संघीय निजामती सेवाभित्र समावेश गर्नुपर्ने विभिन्न बिषयबस्तुका साथै कर्मचारीको वृत्ति विकासका लागि विभिन्न माग पत्र समेत राखेका छन् ।
युनियनकर्मीहरुले राखेको मागपत्रमा सेवा समूह थप गर्नेदेखि कर्मचारी संघ,प्रदेश र स्थानीय तहमा एकै प्रकारको श्रेणीगत वा तहगत व्यवस्था गर्ने,निजामती सेवाको भर्ना र छनौंट प्रक्रिया वैज्ञानिक,बस्तुगत र व्यवस्थित बनाउन माग राखिएको छ ।

Advertisement 1

No photo description available.
यस्तै कर्मचारी समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एकपटक पुन स्वेच्छिक रुपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनंकित कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा,समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन समेत मागपत्रमा उल्लेख गरिएको छ ।
यस्का अलवा निजामती सेवामा रहेका आरक्षणको व्यवस्थालाई बिस्तृत अध्ययनका साथ व्यवस्थित गर्ने माग राखिएको छ । सरुवालाई चक्रीय, वैज्ञानिक र पूर्वअनुमान योग्य बनाउन समेत माग राखिएको छ । अस्थायी कर्मचारीहरुलाई प्रक्रिया मिलाएर स्थायी गर्नेदेखि करारका कर्मचारीहरुलाई मंहगी भत्ता,विरामी प्रसुती भत्ताको व्यवस्था गर्न माग राखिएको छ ।

No photo description available.
यस्का अलवा प्रलेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकमा प्रदेश तथा अन्तर स्थानीय तह सरुवाको व्यवस्था मिलाउन,यस्का अलवा बढुवा,सेवा सुविधा,तालिम,आचरण सजाय पुरस्कार र कर्मचारी सुरक्षाको सबालमा समेत मागहरु राखिएको छ ।

Advertisement 2

No photo description available.

No photo description available.

Advertisement 3

No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

प्रकाशित :२०७८ फाल्गुन ३०, सोमबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry