नेशनल लाइफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घघऔं वार्षिक साधारणसभा २०७८ फागुन २९ गते कम्पनीका अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
Advertisement 1
सभामा अध्यक्षले आव २०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचाकांकहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भई रु ९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई रु ३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई रु ३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६र७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको जनाएका छन् । कम्पनीको चुक्ता पूँजीसमेत सन्तोषजनक रहेको र चालु वर्षको बोनस समेत गरी कूल पूँजी रु ४ अरब ३ करोड नाघेको छ । कम्पनीले आगामी वर्षहरुसमेत बीमितलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ ।
सभामा अध्यक्षले आव २०७७/७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रु ४ अरब नाघेको जानकारी गराइन् । आगामी दिनमा समेत नेशनल लाइफ एक मुख्य बीमकका रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्तिमा अग्रणी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन् ।सभामा अध्यक्षले कोभिड–१९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयास साथै बीमितको आवश्यकतानुसारको उच्च गुणस्तरीय बीमा योजनाले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बीमा बजारमा आउने दिनमा जोखिम सुरक्षा गर्ने बीमा योजनाको बढी माग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास साथै बढ्दो घरेलु बचत एवं प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राखिन् ।
Advertisement 2
३३औं वार्षिक साधारणसभाले आव २०७६र७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर सोवापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२ नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसैगरी साधारणसभाबाट संस्थापक समूह ‘क’ वर्गबाट ३ प्रेमाराज्य लक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली तथा ‘ख’ वर्गबाट दुई भवानी राणा र कुलदीपशरण सिंह सञ्चालक समिति निर्वाचित गरेको छ ।