नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएका छन् । मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् ।
मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको हुन् ।
प्रकाशित :२०७७ पुष ७, मंगलवार १३:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%