साढे चार लाख रुपैयाँ घुस लिएपछि मेयर अख्तियारको फन्दामा
दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित मेयर अख्तियारको फन्दामा परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।
Advertisement 1
नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अख्तियारको टोलीले मेयर पटेललाई पक्राउ गरेको पुष्टि गरे ।
मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिएसहित अख्तियारको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रकाशित :२०७८ फाल्गुन २३, सोमबार १२:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%