अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा


नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। उनीहरुले निर्वाचन आयोगमा पुगेर अध्यक्ष ओलीलाई अनुशासन कारवाही गरिएको जानकारी दिएका हुन् ।
आइतबार बसेको नेकपाको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने र कारवाही गर्ने निर्णय गरेको थियो । सोही पत्र पत्र आयोगमा बुझाइएको हो ।

Advertisement 1

प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमलाई रोक्न कानून व्यवसायीसँगको परामर्शपछि प्रचण्ड पक्षले निर्वाचन आयोगलाई कारवाहीबारे जानकारी गराएको जनाइएको छ ।

‘आयोगलाई बुझाइएको पत्रमा केपी ओलीलाई कारबाही गरिनुका सबै कारण समेत खुलाइएको छ ।

प्रकाशित :२०७७ पुष ६, सोमबार १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry