ढल्कदो उमेर संगैको ब्यस्तता र खानपान
बढ्दो उमेर संगै शारीरिक कमजोरी देखा पर्नु स्वभाविकै हो। यस्ता कमजोरीहरूका बाबजूद हामीले हाम्रो शरीरलाई जति कृयाशील बनाउन सक्छौ उती नै हाम्रो दैनिकी सहज र सकृय तुल्याउन सक्छौ।हाम्रा शरीरका कोशिकाहरू कमजोर हुदै जानु र नयां कोशिकाहरू बन्न नसक्ने कारणबाट हामीहरूमा शारीरिक कमजोरी हुन्छ तर यसमा अन्य रोगहरू भएमा त्यो कमजोरीलाई बढोत्तरी दिन्छ। यसैले हाम्रो जीवन शैलीलाई परिवर्तन गरेर हामीले हामीलाई स्वस्थ र हॅंसमुख राख्न सक्नु पर्छ। यसको निम्ति केही बानीहरूलाई हामीले दैनिकी बनाउन सक्नु पर्छ। आफ्नै अनुभवका आधारमा यहां केही कृयाकलापहरू पस्किने अनुमती चाहन्छु।
Advertisement 1
(१) सवेरै उठ्नेः- चाडो सुत्ने र चाडो उठ्ने बानी स्वास्थ्यको लागि अपरिहार्य बानी हो। विहान सवेरै उठेर एक क्षेण विछ्यौनामा ध्यान गर्ने र बिस्तारै बिच्छ्यौना छोड्ने, दुई गिलास मन तातो पानी करीव आधा घण्टा लगाएर पिउने, बाथरूम गए पछि मनतातो पानीले सावर लिएर सफा कपडा लगाउने, योगा वा ध्यान गर्ने, पूजापाठ गर्ने बानी छ भने गर्ने, सो सके पछि कालो चिया वा कफी लिएर प्रात भ्रमणमा निस्कने, विहान करीव १० वजे ब्रेक फास्ट गर्ने।
(२) दिऊसकको कार्यमा बिजी हुनेः- करीब छ घण्टा आफूले सक्ने काममा बिजी हुने र फुर्शदको बेलामा पठन पाठन वा लेखाइ सम्बन्धी काम गर्ने र सांझ ४.०० बजे तिर लन्च लिने र यस पछि खासै सोलिड चिज नखाने र मन तातो पानी भने हरेक डेढ दुई घण्टामा पिई रहने।
Advertisement 2
(३) वेलुका ८.०० बजे तिर सुत्ने
(४) नियमित रूपमा स्वास्थ परीक्षण गरेर आवश्यक औषधी नियमित रूपमा सेवन गर्ने।
Advertisement 3
(५) आफ्नो काम आफैले गर्ने ः- खाशगरी यो उमेरमा हामी आफैले सम्पादन गर्ने काम खासै हुदैनन् तै पनि आफ्नो ब्रेक फास्ट आफै बनाउने, भान्साको काममा सहभागिता जनाउने, लण्ड्री गर्न सहयोग गर्ने, आफ्ना कपडाको स्याहार सम्भार आफै गर्ने आदि गर्नाले आफूलाई ब्यस्त बनाउन मद्दत हुन्छ।
(६) बाल बालिका संग रमाउन सिक्नेः- संयुक्त परिवारमा हुनेहरूमा आफ्ना नाती नातिना संग रमाउने, उनीहरूको गृह कार्यमा सहयोग गर्ने, उनीहरू संग खेल्ने डुल्ने गर्नाले मनोवैज्ञानिक उपचार पनि संगसंगै भै रहेको हुन्छ।
(७) घरपालुवा जनावर संग रमाउनेः- घरमा कुकुर, विरालो, चराचुरूंगी, माछा आदि पालेर उनीहरू संग प्रकृतमय वातावरणमा रमाउन सकिन्छ।
(८) शरीरलाई बढी मेहनत पर्ने काम नगर्नेः- उमेरको बढोत्तरी संगै शरीरमा कमजोरी बढ्दै जान्छ । पहिला पहिला गरेका कामहरू देख्दा मनले सक्छु झै लाग्छ तर शरीरले सपोर्ट गर्दैन। यस्तोमा जबर्जस्त गर्न खोज्दा शरीरको जोर्नी वा नसामा अशर परेर लामो समय सम्म थला पर्न सकिन्छ। यसरी यस्ता कामहरूमा तर्के कै राम्रो।
(९) खाने वानी र खाने कुरामा संयमता अपनाउनेः- हाम्रो खाना खाने बानी र खाने कुराहरू हाम्रो उमेरको बढोत्तरी संगै परिमार्जन गर्न सक्नु पर्छ। उमेर बढे संगै हाम्रो पाचन प्रणाली पनि कमजोर हुने गर्छ। त्यसैले हाम्रो खाना साकाहारी प्रकारको र बढी फाईवर युक्त हुनु जरूरी छ। हाम्रो खानामा चिल्लो ,चिनी , नुन र मसला स्वभावैले कम हुनु पर्छ। त्यसै गरी दिनमा एक छाक मात्र खाना र ब्रेक फास्ट मात्र लिनु पर्छ। सकिन्छ भने एक वा दुई हप्तामा एक दिन फास्टिंग गर्न सके झन् राम्रो हुन्छ। हामीले हाम्रो शारीरिक तौललाई नियन्त्रणमा राख्न सक्नु पर्छ र खानपिन र कसरतलाई नियमितता दिन सके हाम्रो तौल स्वभाविक रूपमा नियन्त्रणमा रहने गर्छ। आजभोली Intermittent Fasting को अभ्यास खुव चल्तीमा आएको छ जुन शरीरको तौल नियन्त्रण गर्न सार्है सहयोगी भएको पाईन्छ। यसको निम्ति १८ घण्टा वा १६ घण्टा फास्टिंग गर्ने र बाकि समय (जस्लाई Window पनि भनिन्छ) मा सन्तुलित खाना खानु पर्ने हुन्छ।
अन्त्यमा उमेर बढ्नु भनेको प्राकृतिक पक्ष हो जुन रोक्न सकिदैन तर यसरी बढ्दै जाने उमेरलाई ब्यबस्थापन गर्न सके जीवन सुखमय हुन्छ। अतः हामीले बढ्दो उमेर संगै हाम्रो जीवन पद्दतिमा हाम्रो खान पान आहार ब्यबहारलाई सहयोग हुने गरी परिवर्तन गरेर हाम्रो जीवनलाई सुखमय बनाऔं।