२६ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ । सरुवा भएका उपसचिवहरुमा पुष्पराज पौडेल,मोहनप्रसाद अर्याल,मोहन न्यौपाने,राजुप्रसाद पौडेल,तुलसीराम पौडेल,राजेश पन्थी,ध्रुव कोइराला,डमरुप्रसाद निरौला, डिल्लीराम सिग्देल,हरिप्रसाद शर्मा,प्रेमसिंह कुँवर,रामकृष्ण अर्याल,रमाकान्त पाण्डे,छवि नेपाली,यज्ञ पुरी,नारायण प्रसाद सापकोटा,गोविन्द सिग्देल,दिनेश पन्त, हरिदत्त कँडेल,पुरुषोत्तम सुवेदी,मोहन मरासिनी लगायत छन् । जसमध्ये दुई सीडीओहरु स्थानीय तहमा सरुवा भएका छन । यसरी गृहबाट आउट हुने उपसचिवहरुमा मनाङका सिडिओ पुष्पराज पौडेललाई गरुडा नगरपालिका रौतहट पुर्याइएको छ भने रुकुम पूर्वका सिडिओ मोहनप्रसाद अर्याल पचरौता नगरपालिका बारा र इलामका सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने महालक्ष्मी नगरपालिका धनकुटा पुगेका छन् ।
Advertisement 1
त्यसैगरी रामेछापको सहायक सिडियो राजुप्रसाद पौडेललाई राजपुर नगरपालिका रौतहट, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई निजगढ नगरपालिका बारा र अध्यागमन कार्यालय एयरपोर्टका उपसचिव राजेश पन्थी हरिपुर्वा नगरपालिका सर्लाही सरुवा गरिएको छ ।
मन्त्रालयका अनुसार सरुवा गरिएका अन्य उपसचिवहरूमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ध्रुव कोइरालालाई फुङलुङ नगरपालिका, राष्ट्रिय पुननिर्माण प्राधिकरणका डमरुप्रसाद निरौला जितपुर सिमरा, गण्डकी प्रदेशका डिल्लीराम सिग्देललाई व्यास नगरपालिका तनहुँ, बागमती प्रदेशका हरिप्रसाद शर्मालाई गल्कोट नगरपालिका बाग्लुङ, मालपोत कार्यालय कैलालीका प्रेमसिंह कुँवर भीमदत्त नगरपालिका कञ्चनपुर सरुवा भएको छ ।
Advertisement 2
त्यसै गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्याललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, रारा–छायानाथ नगरपालिका मुगुका रमाकान्त पाण्डेलाई जिल्ला समन्वय समिति रुपन्देही, नारायण नगरपालिका दैलेखका छवि नेपालीलाई कोहलपुर नगरपालिका बाँके, कालिका नगरपालिका चितवनका यज्ञ पुरीलाई कावासोती नगरपालिका नवलपरासी, धनगढी उपमहानगरपालिका कैलालीका नारायण प्रसाद सापकोटालाई कालिका नगरपालिका चितवन, धुनिवेसी नगरपालिका धादिङका गोविन्द सिग्देललाई देवचुली नगरपालिका नवलपरासी, व्यास नगरपालिका तनहुँका दिनेश पन्तलाई गोरखा नगरपालिका गोरखा, देवदह नगरपालिका रुपन्देहीका हरिदत्त कँडेललाई धुनीबेसी नगरपालिका धादिङ, कमलामाईका पुरुषोत्तम सुवेदीलाई धुलिखेलमा सरुवा गरिएको छ ।
मन्त्रालयले निजगढ नगरपालिका बाराका बिसकसेन ढकाललाई कमलामाई नगरपालिका सिन्धुली, भंगाहा नगरपालिका महोत्तरीका रामचन्द्र लामगाडेलाई रामेछाप नगरपालिका, गौर नगरपालिका रौतहटका सुमन कार्कीलाई चन्द्रपुर नगरपालिका रौतहट, गोकर्ण नगरपालिकाका नरहरि घिमिरेलाई पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका उपसचिव मोहन मरासिनीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, देवचुली नगरपालिकाका विष्णु भुषाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र कावासोती नगरपालिका नवलपरासीका केचन पौडेललाई सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।