प्रचण्ड-माधव खेमाका मन्त्रीहरुले राजीनामा दिँदै,बादल र भट्टले नदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रचण्ड खेमाका र माधव नेपाल खेमाका मन्त्रीहरुले राजीनामा दिएर बाहिरिने भएका छन् । अहिले मन्त्रिमण्डलमा २१ जना सदस्य छन् र तीन राज्यमन्त्री छन् । तिमध्ये प्रचण्ड र माधव नेपाल खेमाका मन्त्रीहरुले राजीनामा दिने तयारी गर्दैछन् । पूर्व माओवादी खेमाबाट रामबहादुर थापा,गिरिराजमणि पोखरेल,बर्षमान पुन,लेखराज भट्ट,शक्तिबहादुर बस्नेत,विना मगर,रामेश्वर राय यादव मन्त्री छन् । यस्तै माधव नेपाल खेमाबाट घनश्याम भुषाल र योगेश भट्टराई मन्त्रीको भूमिकामा छन् ।मन्त्री रहेकामध्ये प्रचण्ड ओली खेमाका मन्त्रीहरुलाई राजीनामा गराउने प्रचण्ड माधव पक्षको तयारी छ । जसमध्ये पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन्। माधव नेपाल पक्षबाट मन्त्री नै छैनन् । उनको टीमबाट महाधिवेशनमा उपमहासचिव र सचिव जितेका घनश्याम भूसाल र योगेश भट्टराईलाई पनि राजीनामा दिन दबाब परेको छ ।

Advertisement 1

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने बताएका भएपनि बादल र भट्टले राजीना नदिने भएका हुन्।

आइतबार सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्न लागिएको जानकारी ऊर्जमन्त्री वर्षमान पुनले बताएका थिए।

Advertisement 2

सरकारमा पूर्व माओवादीका तर्फबाट वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र ऊर्जामन्त्री पुनले राजीनामा दिने तयारी गरेका छन्। पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसालले पनि राजीनामा दिने बताइएको छ।

प्रकाशित :२०७७ पुष ५, आईतवार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry