मन्त्रीहरुलाई राजीनामा गराउने तयारी

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको छ ।
नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेपाल र प्रचण्ड समूहको छलफल चलिरहेको छ ।
उनीहरुले आफ्ना पक्षका मन्त्रीहरुलाई राजीनामा दिन लगाउने तयराी गर्दैछन् । अहिले प्रचण्ड नेपाल समूह आन्तरिक छलफलमा जुटिरहेका छन् ।
बैठकमा प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी छन् । संसद बिघटन भएमा कसरी अघि बढ्ने भन्नेमा उनीहरु छलफलमा जुटेका हुन् । राष्ट्रपतिबाट संसद बिघटनको घोषणा भएमा प्रचण्ड र नेपालले आफु निकट मन्त्रीहरुलाई राजीनामा गराउने तयारीमा छन् ।
Advertisement 1
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरु प्रधानमन्त्री ओलीको सोही कदमको विषयमा छलफल गर्न भेला भएका हुन्।
अहिले क्याविनेटमा प्रधानमन्त्री समेत २२ मन्त्री र तीन राज्यमन्त्री छन् । जसमध्ये पूर्व माओवादी खेमाबाट रामबहादुर थापा,गिरिराजमणि पोखरेल,बर्षमान पुन,लेखराज भट्ट,शक्तिबहादुर बस्नेत,विना मगर,रामेश्वर राय यादव मन्त्री छन् । यस्तै माधव नेपाल खेमाबाट घनश्याम भुषाल र योगेश भट्टराई मन्त्रीको भूमिकामा छन् ।मन्त्री रहेकामध्ये प्रचण्ड ओली खेमाका मन्त्रीहरुलाई राजीनामा गराउने प्रचण्ड माधव पक्षको तयारी छ ।
Advertisement 2
उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले बताएको छ ।