प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् ।
Advertisement 1
पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए ।
Advertisement 2
प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् ।
तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् ।