केपी ओली, ईश्वर पोखरेल, पद्यमा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध अख्तियारमा उजुरी
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गरेको छ ।
Advertisement 1
पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका छन् । उनले तत्कालिन प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टि–स्टेटको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाउनेगरि नीतिगत भ्रष्टाचार गरेको भन्दै तत्कालिन भूमि व्यवस्थामन्त्री पद्यमा अर्याललगायत भ्रष्टाचारमा संलग्न भएको भन्दै कारबाहीको माग गरेका छन् ।
प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १३:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%