तालिमका क्रममा ग्रिनेट पड्किएर घाइते भएका सैनिक जवान आचार्यको निधन
तालिमको क्रममा आफैँले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको आज बिहान निधन भएको छ । दुई महिना अघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए । उपचारका क्रममा उनको आज बिहान सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।
Advertisement 1
भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत आचार्य दुई महिना अघि घाइते भएका थिए । घाइते आचार्यलाई उपचारको क्रममा विराटनगर अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि दुई महिना अघि उनलाई थप उपचारका लागि छाउनी अस्पतालमा भर्ना गरिएको थियो । दुई महिना लामो उपचारको क्रममा आचार्यको निधन भएको हो ।
रसुवा स्थायी घर भएका आचार्य तीन महिना अघिमात्र छोरीका पिता बनेका थिए । आचार्यको परिवारमा श्रीमती,बुबा,आमा,दाजु,भाउजु लगायत छन् ।
प्रकाशित :२०७८ माघ १८, मंगलवार १९:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%