एक करोड २४ लाखको चेकसहित विद्युत प्राधिकरणका उप–प्रवन्धक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई एक करोड २२ लाख बराबरको हस्ताक्षरित चेकसहित पक्राृ गरेको छ।
Advertisement 1
अख्तियारले गुप्तालाई शंकास्पद रुपमा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ २० पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकसहित सिन्धुलीबाट पक्राउ गरेको जनाएको छ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्वीकृत भै नसकेका चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा उनी पक्राउ परेका हुन्।
Advertisement 2
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी ती चेक लिएर काठमाडौं गएको भनेर अख्तियारलाई सूचना पुगेपछि पक्राउ गरिएको उनले जनाए।