पुनःस्थापना गराउन माग

बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति बिरोध भएको छ ।

Advertisement 1

उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ । अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकामा समितिले आपत्ति जनाएको हो ।

अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ । समितिले पीडितलाई सोही स्थानमा पुनर्वास नगराए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

प्रकाशित :२०७८ माघ १६, आईतवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry