नेपालकी रिया मानन्धर ९८ प्रतिशत अङ्क ल्याएर एसिसिए अध्ययनमा ‘वर्ल्ड टप’ भइन्

ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् ।

Advertisement 1

रियाले विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्।

१९ वर्षीय मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएको कलेजले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । कलेजका अनुसार उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् ।यसमा यस बर्ष बिश्वका १७९ देशमा अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरू रहेका छन् ।

Advertisement 2

विश्वभरका लाखौँ विद्यार्थीहरूलाई पछि पार्दै मानन्धरले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अङ्क ल्याउन सफल भए ।

एसिसिए प्रोग्राम म्यानेजर दिप्न्द्र के श्रेष्ठले उनको प्रशंशा गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागि समेत यो गर्वका कुरा हो ।

प्रकाशित :२०७८ माघ ९, आईतवार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry