कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकका २ जना सेयरधनीले आफ्नो नाममा रहेको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । जसमा बैंकका संस्थापक सेयरधनी श्री राम पाण्डेको नाममा २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा ४ हजार ८३५ कित्ता सेयर रहेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
प्रकाशित :२०७८ पुष २८, बुधबार ११:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%