डडेल्धुरामा महिन्द्राको शोरुम

अग्नि ग्रुपले प्रदेश ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्रा गाडीहरूको नयाँ बिक्री, सेवा र पार्टपूर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारी साधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Advertisement 1

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृंखलाका उत्पादन उपलब्ध गराउनमा केन्द्रित रहेको छ । कार्यक्रम अग्नि ग्रुपका डडेल्धुरा, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबाइल्स् प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकले थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बलेरो पिकअप, एक्सयुभी ५ सय, टियुभी ३ सय, केयुभी १ सय आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् उपलब्ध रहेको छ ।

डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधन, एसयुभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

Advertisement 2

सोही दिन अग्नि ग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालि पनि सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषकले लाभ प्राप्त गर्ने विश्वास लिएको छ ।

प्रकाशित :२०७८ पुष २८, बुधबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry