त्रिविको हिउँदे बिदा बारे यस्तो आयो निर्णय
त्रिविले परिस्थिति अनुकूल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको हो।
Advertisement 1
हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
कोरोनाको संक्रमण तीव्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निकायमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र प्रभावित नहोस् भन्ने अभिप्रायले जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै हिँउदे तथा वर्षे बिदामा समेत कक्षा सञ्चालन गर्न भनेको छ।
Advertisement 2
यस्तो छ निर्णय
१, नियमित परीक्षा सञ्चालन यथावत् गराउने।
Advertisement 3
२, निकटमै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरूको कक्षा यथावत सञ्चालन गर्ने।
३, नियमित पठनपाठन सम्पन्न भइसकेकाहरूको हकमा शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदे बिदा दिने।
४, नियमित कक्षा सञ्चालनमा संलग्न हुनुपर्ने भई हिउँदे बिदा नपाउने शिक्षकलाई सट्टा बिदाको व्यवस्था गर्ने।