नयाँ भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन् ।
Advertisement 1
युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।
प्रकाशित :२०७८ पुष ४, आईतवार ११:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%