नेपालको राजनीतिमा नीति र नेताको प्रश्न

जुनसुकै देशमा गरिने राजनीतिको सीमा त्यो देशको संविधानले गर्छ। नेपालको राजनीतिको सीमाना पनि नेपालको संविधान २०७२ ले गरेको छ।नेपालको संविधान अन्तर्गत रहेर नेपालमा राजनीति गर्ने दलहरूले आफ्नो गन्तब्य निर्धारण गर्छन र सो गन्तब्य सम्म पुग्न कोरिने मार्गलाई नीति भनिन्छ। यसरी बनाएको नीति कार्यान्वयन गर्ने प्रमुख ब्यक्तिलाई नेता भनिन्छ।

Advertisement 1

हाल नेपालका राजनीतिक दलहरू मध्ये केहीले महाधिवेशन सम्पन्न गरे केहीले गरीरहेका छन् र केहीले तुरून्त गर्दैछन्। महाधिवेशन राजनीतिक दलको यस्तो स्थल हो जहा नीति र नेताको छनौट गरिनु पर्छ। तर हालै महाधिवेशन सम्पन्न गरेका केही दलहरुले नीतिका विषयमा केही गरेनन् वा गरे पनि त्यसलाई देखाउनका लागि मात्र गरे। यिनीहरूको ध्यान नेतामा मात्र गयो नीतिमा गएन र महाधिवेशन गर्न गै रहेका केही दलले पनि त्यही नै गर्ने छन् जुन अगाडिका दलले गरे। यसैले हाम्रो देशको राजनीति देश र जनताको पक्षमा नभएर नेता र नेताको समूहको पक्षमा गएको छ।

हालै सम्पन्न हुदै गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समीक्षा गर्ने हो भने यसले पनि आफ्नो नीतिका विषयमा समीक्षा नगरी सोझै नेताको छनौटमा केन्द्रित रह्यो। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को दफा २(२) ले यो दलको लक्ष राष्ट्रियता, लोकतन्त्र र समाजवाद राखेको छ। यो लक्ष प्राप्तिका लागि बहुलवादमा आधारित संसदीय बहुदलीय ब्यबस्थालाई अंगीकार गरेको छ जुन नेपालको संविधानमा उल्लेखित शासन ब्यबस्था संग तादात्म्यता राख्छ। त्यसै गरी प्रत्येक नागरिकको राजनीतिक, आर्थिक, सामाजिक,भाषिक, सांस्कृतिक र धार्मिक अधिकार र वैयक्तित स्वतन्त्रताको प्रत्याभूतिको संरक्षण गर्ने नीति यो पार्टीले लिएको छ।

Advertisement 2

हरेक आवधिक महाधिवेशनहरूमा यस्ता नीतिहरूको कार्यान्वयनको समीक्षा हुने गर्छ र समय अनुसार नागरिकको ईच्छा र आकांक्षालाई सम्बोधन हुन नसक्ने नीति तथा कार्यक्रमलाई परिमार्जन गर्ने काम समेत हुन्छ। यसरी स्थापित नीतिहरूलाई कार्यान्वयन गर्ने कार्यक्रम लिएर नेता चुनावमा जान्छन् र जुन नेताको कार्यक्रम मन पर्छ उसैलाई बहुमत दिएर नेता छान्ने काम नै महाधिवेशनको हो। नेपालका प्राय: राजनीतिक दलहरू वर्तमान सम्विधान प्रति ईमान्दार भएको पाईदैन।संबिधानलाई हेरेर राजनीतिक लक्ष नबनाउने राजनीतिक दल पनि यो ब्यबस्थाका माध्यमबाट राजनीति गर्छन् तर यिनीहरूको गन्तब्य सम्विधानको सीमा भन्दा बाहिर छ। उदाहरणको लागि नेपाली कांग्रेसको समाजवादमा स्वतन्त्रता सहितको समानता छ भने वामपन्थी पार्टीमा स्वतन्त्रता बाहेकको समानतालाई समाजवाद भन्ने गरिन्छ।

राज्यको नियन्त्रणमा रहेको अर्थतन्त्र, विविध विचार र बहुल बाद बिनाको लोकतन्त्र वाम पन्थको परिभाषामा पर्छ भने निजी क्षेत्रको सहभागिताको अर्थतन्त्र र बहुलबाद र बिबिध बिचार समेटिएको लोकतन्त्र नेपाली कांग्रेसको नीति भित्र पर्छ। यसरी हेर्दा नेपाली कांग्रेस वर्तमान संविधान प्रति जति ईमान्दार छ त्यति ईमान्दारिता अन्य पार्टीमा पाईदैन। यसैले राजनीतिक दलहरूबाट लिईने नीति र चुनिने नेताको विशेषता नै दल अनुसार फरक फरक हुने गर्छ। हामीले देख्यौ कि एमाले लगायतको महाधिवेशन देखाईमा आडम्बरी छ तर सारमा प्रजातान्त्रिक हुन सकेन। नेताले जसलाई चाह्यो टीममा उही गयो । केही दिन पछि हुदै गरेको नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रमा त त्यही एमालेको जत्ति कै पनि हुनेमा सन्देह छ। यिनीहरूको चुनाव सबै पुरानो गांऊ फर्के पाराकै हुने कुरामा शंका छैन।

Advertisement 3

तर प्रजातान्त्रिक दलहरूमा भने यसरी गरिने निर्वाचनमा वडा तह देखि चुनिदै केन्द्र सम्म पुग्नु पर्ने हुन्छ। नेताको छनौटमा यी दलहरू बीचको चुनाव फरक हुने गरेको भए पनि नेपालका सबै दलहरू नीतिको छनौटमा उदासिन रहेको पाईन्छ। नीति भनेको राजनीतिक प्रणालीको मुटु हो, मर्म हो, प्राण हो र नेता भनेको नीतिमा प्राण भर्ने साधन हो। यदि हामीले नीति विनाको नेता छान्छौ भने त्यो प्राण विनाको शरीर हो जसले केही काम गर्न सक्दैन। अहिले हाम्रा राजनीतिक दलहरूले यस्तै प्राण विनाका डमीहरू बनाई रहेका छन् जसबाट मुलुक र मुलुकवासीका लागि केही हुनेवाला छैन। यसैले हालको यो अवस्थालाई परिवर्तन गरेर हामीले चुनेका नेतालाई नीति मुखी बनाउन सबै राजनीतिक दलहरू सकृय हुनु जरूरी छ।

प्रकाशित :२०७८ पुष ४, आईतवार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry