खाङजिमका आगालागीबाट घरवार विहिनलाई नर्स प्रतिमाकाे सहयोग
रसुवा जिल्ला गाेसाइकुण्ड गाँउपालिका वडा नम्बर ३ खाङजिम गाउका एक घरमा करेन्ट सर्ट भएर आगालागीले कामी ग्याल्बाे तथा श्रीमति कान्छी तमाङकाे घर आइतबार राती पूर्ण रूपमा क्षति भएका थियो ।
Advertisement 1
आगलागिबाट घरवार विहिन भएका पिडितहरूलाई रसुवाकी समाजसेवी तथा महिला अधिकारकर्मी नर्स प्रतिमा लामाले मंगलबार उक्त घटना स्थलमा पुगेर पिडितहरूलाई सान्त्वना दिएर राहतहरू वितरण गरिन ।
Advertisement 2
राहतमा चमाल १ बाेरा ,व्लाङकेट थान ,प्रेसरकुकर १ थान , किल्टी थान ,बाल्टिन १ थान , त्रिपल १ वटा र एक राेल म्याट्रिस प्रदान गरिएको थियो ।
Advertisement 3
उक्त राहत वितरण कार्यक्रमा सहायक जिल्ला प्रमुख अधिकारी श्री दुर्गा थापा, शस्त्र प्रहारी बलका प्रमुख लब सापकाेटा, मेगा बैंक नेपाल लिमिटेड स्याफ्रुबेशी शाखा प्रबन्धक क्षाेक्याल दाेर्जे लामा , नेपाल प्रहारी निरिक्षक, स्थानिय व्यक्तिहरूकाे उपस्थितिमा वितरण गरेकाे थियाे ।
सामाजसेवी प्रतिमाले घटनाको बारे खबर पाउने वितिकै राहत लिएर आफु गाउँमा पिडितलाई भेट्न आएको बताईन भने राहत तत्काल पिडितहरूको जीवनमा परेको घाउमा मलम लगाउने प्रयास गरेको र पिडितहरूको दुःखमा थोरै भए पनि साथ दिन भनेर आएको बताइन ।
सामाजसेवी प्रतिमाले पिडितहरूलाई अझैं पनि तपाई हाम्रो सहयोगको आवश्यकता छ, तसर्थ सेवा नै धर्म हो भन्ने कुरालाई मनन गर्दै आफूले सक्ने सहयोग गरिदिनुहुन सबैलाई अनुराेध गर्दै पिडितलाई सान्त्वना दिईन।