दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

रेस्टुरेन्ट व्यवसायमा पृथक् अवधारणासहित दृष्टिविहीनबाट सेवा प्रदान गरिने ‘अ फाइन डाइन इन रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ ।

Advertisement 1

दृष्टिविहीनले सेवा दिने यो रेस्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्ने रेस्टुरेन्टले जनाएको छ । बिहीबारबाट सञ्चालनमा आएको दृष्टिविहीनबाट सेवा प्राप्त हुने यो रेस्टुरेन्ट नेपालमा पहिलो भएको र एसियामा पनि दुबई र भारतको हैदरावादमा मात्र यस किसिमको रेस्टुरेन्ट सञ्चालनमा रहेको सञ्चालकहरूको भनाइ छ ।

‘डाइनिङ् इन द डार्क रुम’ नाम दिइएको यो सेवामा निश्चित मेन्यू रहनेछ र उक्त मेनुमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनुपर्नेछ ।

Advertisement 2

रेस्टुरेन्टले दृष्टिविहीनहरूले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभै जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने यस रेस्टुरेन्टका सञ्चालक सुरेश महर्जनले बताए ।

‘हामीले रेस्टुरेन्ट व्यवसायमा केही पृथक अभ्यास गरौँ भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौँ,’ महर्जनले भने, ‘दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महसुस अरूले पनि गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’

Advertisement 3

ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित अ फाइन डाइन इन रेस्टुरेन्टमा अँध्यारो कोठाको बिचमा केही टेबल/कुर्सी रहेनछ भने यसभित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ ।

रेस्टुरेन्टमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी सेवाग्राहीलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर सेवाग्राहीलाई त्यही अन्धकार कोठामा लगेर टेबलमा बस्न सहयोग पुर्‍याउनेछन् ।

प्रकाशित :२०७८ मंसिर २७, सोमबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry