हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन भएको छ । भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतको उहाँकी पत्नीको ज्यान गएको जनाएको छ ।

Advertisement 1

भारतीय वायुसेवाको एमआई १७ हेलिकोप्टर दुर्घटनामा रावतकी श्रीमतीसहित सबै १४ जनाको निधन भएको छ । घना जंगलमा दुर्घटनाग्रस्त हेलिकोप्टर जलेर ध्वस्त भएको छ । तीन जना घाइतेलाई नजिकैको अस्पतालमा लगिएको बताइएको थियो ।

उनी सगै तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो । दुर्घटनामा अधिकांश शवहरु जलेका छन्’ ।रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए’ । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ’ ।

Advertisement 2

उनले तीन वर्ष स्थल सेनाध्यक्ष र दुई वर्ष सीडीएसको जिम्मेवारी वहन गरेका थिए । एक वर्ष कार्यकाल बाँकी छँदै उनको आज दुःखद् निधन भएको छ । भारतीय सेनाका अनुसार उनी आफ्नो जिम्मेवारी फत्ते गर्न राति ९ बजेसम्म कार्यालयमा बसेर काम गर्थे ।

प्रकाशित :२०७८ मंसिर २२, बुधबार १९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry