कामना सेवाको फूटसल प्रतियोगिता : बैंक/वित्तीय संस्थाका कर्मचारीले प्रतिष्पर्धा गर्ने

‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको टीम सहभागी हुने बैंकले जानकारी दिएको छ ।

Advertisement 1

फूटसल कमिटीमा अखिल नेपाल फुटबल संघ (एन्फा) रहनेछ भने व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ । बैंक सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले प्रतियोगिता आयोजना घोषणा गरिसकेका छन् ।

बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूमा स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने र संस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध बढाउन प्रतियोगितामार्फत सघाउ पुग्ने बैंक सञ्चालक सुवेदीले बताएका छन् ।

प्रकाशित :२०७८ मंसिर २०, सोमबार २२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry