Breaking मन्त्रिपरिषद बैठक :- आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय


मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । आधिकारिक ट्रेड युनियनको मिति यही मंसिरको लागि तय भएको थियो । निर्वाचनको सबै प्रक्रिया तयारी अवस्थामा रहेकै समयमा सरकारले निर्वाचन तत्कालका लागी स्थगन भएको संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।आधिकारिक ट्रेड युनियनको निर्वाचन यस अघि नै पटक सारिसकिएको छ । गत असोज २४ गते तय गरिएको निर्वाचनको मिति कोरोना कहरका कारण सारिएको थियो ।

Advertisement 1

यस अघि आजै मात्र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।मञ्चले बिभेदकारी थ्रेसहोल्ड, स्वास्थ्य र स्थानीय तहका नव कर्मचारीलाइ चुनावी प्रक्रिया बाहिर राख्ने कदमको विरुद्ध सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेको थियो ।

Advertisement 2


यस्तै आजको क्याविनेटले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रकाशित :२०७७ मंसिर १०, बुधबार १९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry