गरिमा विकास बैंकले बिहीबारदेखि १ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो।

Advertisement 1

यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । सर्वसाधारणलाई छुट्याएकोमध्येबाट २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो सात वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा मंसिर २० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १ गतेसम्म आवेदन खुला रहने छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

Advertisement 2

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।

प्रकाशित :२०७८ मंसिर १६, बिहीबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry