३८ वर्षको उमेरमा न्युरोसर्जन डाक्टर लोहनीको निधन

३८ वर्षीय न्युरोसर्जन डाक्टर सुबास लोहनीको निधन भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डाक्टर लोहनीले सोमबार दिउँसो पोटासियम र मेट्रोजोलाइम नामक बेहोस गर्ने औषधी आफैंले आफ्नो बाँया हातमा इन्जेक्ट गरेका थिए ।

Advertisement 1

डाक्टर लोहनी टोखा नगरपालिका–३ स्थित ग्रान्डी टावरको ११ औं मा तलामा बस्दै आएका थिए । बेहोस भएका लोहनीलाई डाक्टर रहेकी उनकी श्रीमतीसहितले उपचारका लागि अस्पताल लैजान खोजेका थिए ।

तर अस्पताल पुग्न नपाउँदै बाटोमा उनको मृत्यु भयो । लोहनीलाई एक साताअघि कोरोनाभाइरसको संक्रमण पनि भएको थियो । लोहनीलाई एक साताअघि कोरोनाभाइरसको संक्रमण पनि भएको थियो।

Advertisement 2

केही वर्ष न्युरो अस्पताल बाँसबारीमा डाक्टर उपेन्द्र देवकोटासँग काम गरेका लोहनी पछिल्लो समय महाराजगन्जस्थित नेशनल न्युरो सेन्टरमा आवद्ध थिए।

साहित्य, अध्यात्म र संगीतमा पनि रूचि राख्ने लोहनीका थुप्रै लेखहरू प्रकाशित छन्।

प्रकाशित :२०७८ मंसिर ८, बुधबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry