प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि आव्हान गररेको १४औं वार्षिक साधारण सभा प्रयोजनक लागि मंसिसर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको साधारण्ण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी,काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो ।

Advertisement 1

कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ८७ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

साथै सभाले कम्पनीका अधिकृत पूँजीवृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने ,जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने,कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापक तर्फ ६० प्रतिशत तथा सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने,सर्वसाधगतोरण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारीत गर्नेछ ।

प्रकाशित :२०७८ मंसिर २, बिहीबार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry