अब कर्मचारी सरुवाको निवेदन अनलाइनबाटै,सरुवामा हुने चलखेल रोकिने
संघीय मामिला तथा सामान्य प्रशासन सचिवमा एकनारायण अर्यालको इन्ट्री भएसँगै केही सुधारका यत्नहरु गर्दैछन् ।
जस्तो कर्मचारीहरुको डेर्स कोर्डदेखि स्थानीय तहमा खटिने प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे सम्झौता ।
अहिले सामान्यले कर्मचारीहरुको सरुवामा हुने चलखेल रोक्न भन्दै अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था शुरु गरेको छ ।
मन्त्रालयले शुक्रवार एक सूचना प्रकाशित गर्दै सरुवा काज तथा कामकाजका लागि अनलाइनबाटै निवेदन दिन भनेको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन सरुवा प्रणाली सञ्चालनमा ल्याएको हो ।
अब सरुवा हुन चाहने कर्मचारीहरु सिंहदरबार धाइरहनु पर्दैन् । उनीहरु घरैबसी अनलाइनमार्फत निवेदन दिने र मन्त्रालयले पनि अनलाइनमार्फत नै सरुवा गर्ने गरी सो प्रणाली सञ्चालनमा ल्याएको हो ।
Advertisement 1
सचिव अर्यालले अनलाइनमार्फत सरुवा प्रणाली सञ्चालनमा ल्याएपछि सरुवामा हुने अनावश्यक चलखेलसमेत रोकिने विश्वास व्यक्त गरे । सरुवामा विभिन्न प्रकारका आर्थिक चलखेलसमेत हुने गरेको आरोप लाग्दै आइरहेको समयमा त्यस्ता आरोप आउन नदिन पनि अनलाइन सरुवा प्रणाली लागु गरिएको मन्त्रालयले जनाएको छ ।
कर्मचारीहरुले अनलाइनमा उपलव्ध हुने सरुवा निवेदन दर्ता प्रणालीमा गएर कम्तीमा पाँच वटा रोजाइका ठाउँसहित आवेदन दिनुपर्नेछ । प्राप्त निवेदनमध्ये अवधि तथा ज्येष्ठताको आधारमा प्राथमिकताअनुशार कर्मचारी सरुवा हुने मन्त्रालयले जनाएको छ ।