पूर्वसांसद फुयाँल नेकपा एकीकृत समाजवादीमा प्रवेश
नेकपा (माले)का पोलिटब्यूरो सदस्य एवं खोटाङका पुर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् । फुयाँलसँगै नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । फुयाँल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
Advertisement 1
नेकपा मालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश कमिटी सचिव रहेका फुयाँलले बिहीबार प्रेस विज्ञाप्तीमार्फत एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिएका हुन् । २४ कात्तिकमा नेकपा मालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका फुयाँल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनेगरी एकीकृत समाजवादी रोजेको बताएका छन् ।
पार्टी एकीकरणका लागि २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पूर्वसांसद फुयाँलसहित चार नेताको राजीनामासँगै जिल्ला कमिटी एकीकरणको घोषणा गरिएको हो ।