एमालेका उम्मेदवार :कोही पार्टी सदस्य नै नभएका, कोही “फरार” सूचीका

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।

Advertisement 1

जसमा एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीको पार्टी सदस्यता नभएको, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखको विधान अनुसारको योग्यता नपुगेको भनेर निर्वाचन समितिले कैफियत लेखेको छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथोकी प्रहरीको फरार सूचीमा छन् ।

प्रकाशित :२०७८ कार्तिक २५, बिहीबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry