रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले बोलाए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका सीईओलाई घटनाबारे जानकारी गराउन मन्त्रालय बोलाइएको छ। पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् ।
Advertisement 1
शनिवार ९ बजे सीईओ रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए। ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए।
ड्युटीमा खटिएका कर्मचारी थापाले सोधखोज गर्न खोजेपछि सीईओ उनीप्रति आक्रामक बनेका थिए। रेग्मीले थापालाई झापड समेत हानेपछि कर्मचारीहरु सबै उनलाई रोक्न पुगेका थिए। उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए। बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।
Advertisement 2
सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।