इराकका प्रधानमन्त्रीको हत्या प्रयास

इराकी प्रधानमन्त्रीको निवासमा आज बिहानै ड्रोनबाट हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा आज बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

Advertisement 1

बिस्फोटक ड्रोन आक्रमण गरि प्रधानमन्त्रीको हत्या गर्ने प्रयास भए पनि उनी पूर्ण सुरक्षित रहेको इराकको सेनाले बताएको छ। इराकी सेनाका तर्फबाट आक्रमणपछि जारी गरिएको वत्तव्य अनुसार राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा हमला भएको हो।

यसैबीच प्रधानमन्त्री मुस्ताफा अल–कादिमीले पनि आफू सुरक्षित रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट ट्विट गर्दै आफू सुरक्षित रहेको र शान्ति कायम राख्न अपीलसमेत गरेका छन्।

Advertisement 2

बीबीसीका अनुसार इराक सरकारका दुई अधिकारीले प्रधानमन्त्री निवासमा कम्तीमा एक विष्फोट भएको बताएका छन्। उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको बताएका छन् ।

प्रकाशित :२०७८ कार्तिक २१, आईतवार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम