कुमारी बैंकले गर्‍यो आठ दशमलव ६७ प्रतिशत लाभांश दिने घोषणा

कुमारी बैंकले १६ कात्तिकमा २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आठ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकको रजिष्ट्रार कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।

Advertisement 1

सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको छ प्रतिशत बोनस सेयर र दुई दशमलव ६७ प्रतिशत नगद लाभांश ९करसहित० वितरण प्रस्ताव पारित हुनेछ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित :२०७८ कार्तिक १६, मंगलवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry