भन्सार अधिकृतको आम्दानी ९ वर्षमा १० करोड, अदालतबाट ‘क्लिन चिट’

एक जना राजश्व अधिकृतले नौ बर्षको अवधिमा कति सम्पत्ति आर्जन गर्न सक्ला ? सुख्खा तलबमात्र हिसाब गर्ने हो भने अधिकृत तहको कर्मचारीले बुझ्ने ३० हजार हाराहारी हो । जति नै खर्च कम गरे पनि यो तलबले दश बर्षमा मुस्किलले एक डेढ लाख बचत गर्न सकिएला । तर एक जना अधिकृतले यो अवधिमा झण्डै १० करोड सम्पत्ति थुपारे । ०६९ सालमा निजामती सेवा प्रवेश गरेका मानप्रसाद बिकले पछिल्लो ९ वर्षमा १० करोडभन्दा बढीको आम्दानी गरे तर सम्पत्ति र आम्दानीको स्रोत खुलाउन सकेनन यद्यपि उनलाई विशेष अदालतबाट सफाइ दिएको छ ।
भैरहवा भन्सार कार्यालयबाट एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएको अभियोग लागेका भन्सार अधिकृत विकसहितका नासुहरु शिशिरविक्रम शाह, रामचन्द्र भट्ट, खरिदार अतुलकुमार शर्मा, दाहाल कमिसन एजेन्टका प्रोपाइटर जगतराज दाहाल, माँ मनकामना इन्टरनेशनलका प्रोपाइटर राजनप्रसाद तिमल्सिनाले सफाइ पाएका हुन ।
विशेषका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरुलाई सफाइ दिने फैसला गरेको हो ।
विशेषको मुद्दा नम्बर ०७५–सीआर–०३०० लागेका आरोपित हुन् मानप्रसाद बिक । २० करोडभन्दा बढीको सम्पत्ति कुम्ल्याएपछि उनीविरुद्ध सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले विशेषमा भ्रष्टाचार मुद्दा हालेको थियो भने अख्तियारले पनि छुट्टै मुद्दा चलाएको थियो ।
Advertisement 1
बिकले २०७५ सालमा भैरहवा भन्सारमा भन्सार अधिकृत हुँदा ११ करोड हाराहारी उठाएको अनुसन्धानको क्रममा देखिएको छ । उनीहरुविरुद्ध १५ जेठ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५३ लाख ९४ हजार बिगो मागदाबी गरिएको थियो ।
अदालतबाट सफाई पाए लगतै उनलाई न्युरोड कर कार्यालयको हाकिम बनाएर पठाउने तयारी चल्दैछ । विक रोल्पाली हुन । उनी कृष्णबहादुर महराका स्कुले विद्यार्थी समेत हुन ।
Advertisement 2