नियुक्ति,बढुवादेखि संसद अधिवेशन अन्त्यसम्म :- यस्ता छन मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

बिहिबार बसेको क्याविनेट बैठकले नियुक्ति सिफारिस,बढुवादेखि संसद अधिवेशन अन्त्य गर्नेसम्मका निर्णयहरु गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ । जसअनुसार,डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको छ । डा शर्मा यसअघि अमेरिकाको लागि राजदूत भइसकेका छन । श्रीधर खत्री परराष्ट्र मामला विज्ञ र राजनीतिशास्त्रको प्राध्यापक हुन् । परराष्ट्र सेवाका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि,पूर्वउपमहासचिव हुन् । क्याबिनेटको सिफारिस राष्ट्रपतिबाट अनुमोदन भएपछि तीनै जना राजदूत नियुक्त हुनेछन् ।

Advertisement 1

यस्तै बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै हिजोको क्याविनेटले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

क्याविनेटले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृति लागि पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित :२०७८ कार्तिक १२, शुक्रबार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry