बरिष्ठ हास्य कलाकार गजुरेल कोरोना संक्रमण मुक्त
११ दिनको अस्पताल बसाई पछि बरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनालाई परास्त गरी घर फर्किएका छन् । गत २० कार्तिकमा कोरोना संक्रमण देखिए पछि उनी प्रहरीको एपिएफ अस्पतालमा भर्ना भएका थिए । गत कात्तिक १० गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएका उनलाई अक्सिजनको मात्रा घट्दै गएको र फोक्सोमा समेत संक्रमण देखिएपछि कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।
Advertisement 1
करिव ११ दिन अस्पताल बसाई पछि उनी कोरोना संक्रमणबाट मुक्त भएका छन् । गजुरेल ११ दिनको अस्पताल बसाइँ पछि घर फर्किएका सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लखेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद पनि दिएका छन् ।