मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको ‘जी–२० ग्लोबल पार्टनरसीप फाइनान्सियल इन्क्लुसन’बाट मुक्तिनाथ विकास बैक ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा सम्मानित भएको छ ।

Advertisement 1

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।

सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघ संस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए । साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्‍याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एसिया’ विधामा सम्मानित गरिएको हो ।

Advertisement 2

उक्त सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लािग उत्साहित बनाएको छ । बैंकले यसअघि ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ हासिल गरेको थियो ।

प्रकाशित :२०७८ कार्तिक ७ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]