गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा आर्कषक छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा विशेष छुट पाउने भएका छन् ।

Advertisement 1

बैंकले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौता गरेको हो ।

बैंकद्वारा जारी विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरूले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरूबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सकिनेछ ।

Advertisement 2

बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।

प्रकाशित :२०७८ आश्विन १९, मंगलवार १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry