शेयरका नाममा नेताको सम्बृद्धि,जनताको बिल्लिबाठ

कुनै समय थियो प्रेम तमाङको छाप रसुवाली जनताको मन मनमा गढेको । द्धन्द छोडेर माओवादीले शान्तिपूर्ण राजनीतिको बाटो तय गरेपछि प्रेम तमाङ रसुवाबाट संघीय सांसदमा निर्वाचित भए । बीचमा माओवादी छाडेर बाबुराम भट्टराईको पछि लागे । प्रदेश सांसदमा खुम्चिए । उनको चार्म जिल्लामा कायमै थियो । जनताको उनीप्रतिको विश्वास कायमै थियो । त्यही विश्वासलाई हातमा लिएर उनले रसुवालीहरुलाई शेयरबाटै करोडपति बनाउने सपना बेचे । आफ्नो आर्दश नेताको सपना जनताले पत्याउने नै भए । पत्याए ।

Advertisement 1

चार वटा दशैं आयो र गइसक्यो तर जनताले शेयरका नाममा गरेको लगानी न त सावाँ न व्याज न शेयरको प्रमाणपत्र नै ।४ बर्ष भयो रसुवाली जनताले शेयरबाट लखपति बन्ने सपना देखेको । यस्तो सपना देखाउने व्यक्ति हुन प्रदेश सांसद प्रेम तमाङ । उनै सांसद तमाङले सोझा सिधा सर्वसाधरणलाई सपना देखाए ।  शेयर भन्दै लगानी गरेको पैसा सर्वसाधरणले खाई नखाई हजारौं लगानी गरे । तर ४ बर्ष व्यतित हुँदासम्म  न साँवा आयो न ब्याज, न शेयरधनी नै भइयो ।

यसरी सोझा सिधा जनतालाई आश्वासन बाँडेर शेयरमा लगानी गर्न भन्दै पैसा उठाएको रसिद र भौचर इकर्मचारीले फेला पारेको छ ।

Advertisement 2

प्रेम लगायतका केही व्यक्तिले शेयरका नाममा गरेको बदमासीका कारण अहिले  नाममा हो यसरी रसुवाका जनता ठगिएका । रसुवा, नुवाकोटदेखि काठमाडौँसम्म तातेको छ ।

Advertisement 3

मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयरको नाममा हो यसरी रसुवाका जनता ठगिएका ।

समृद्धी सम्भव छ आफ्नै पालामा’ भन्ने नाराका साथ शुरु भएको शेयर अभियानबाट केही नेताको त सम्बृद्धि भयो होला तर जनताको बिल्लिबाठ भएको छ । विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रालिको नाममा सर्वसाधरणसँग करोडौं उठाइएको विवरण हामीले प्राप्त गरेका छौं ।

नयाँ शक्तिको उत्पादन तथा समृद्धि विभागप्रमुख रहेका रसुवाका सांसद प्रेम तामाङको योजनामा स्थापना गरिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. धुन्चे, रसुवाको नाममा सो आयोजनाको शेयर भर्ने भन्दै  रसुवाबाट दुई करोड उठाइएको सर्वसाधरणदेखि नेताहरुसम्म सुनाउँछन् ।हामीलाई प्राप्त रसिद अनुसार,तमाङले सोझा सिधा रसुवाली जनतासँग कम्तिमा प्रति परिवार ५ हजार ५ सय रुपैंया शेयरमा लगनाी गर्न भन्दै असुलिएको छ । अधिकांशले ११ हजार,केहीले २२ हजार रुपैंयासम्म तमाङको विश्वास गरी बुझाएको ४ बर्ष ६ महिना पूरा भइसकेको छ ।


पार्टीको नाममा अभियान चलाएर कार्यकर्ता र सर्वसाधारणको पैसा कहाँ कस्तो अवस्थामा छ ? लगानीकर्ताले थाहासमेत नपाउने स्थिति पुगेको छ । जिल्लाका हजारौं सर्वसाधरणसँग यसरी उठाइएको करोडौं रकम खैं ? यस्को जबाफ माननीय समेत रहेका प्रेम तमाङले दिनुपर्दछ कि पर्दैन् ?

तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुरामको राजनीतिक विजनेश टिक्न नसकेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिसिएर जनता समाजवादी पार्टी सञ्चालनमा छ । तर जनता र कार्यकर्ताले लगानी गरेको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. भने निस्कृय छ ।

 

सर्वसाधारणको करोडौँ लगानी ‘माउको थुनमा न बच्चाको मुखमा’ भनेजस्तो न आयोजनामा लगानी भयो न त साँवा व्याज आयो, न त आफ्नो पैसा आफैँले राख्न पाइयो ! यो आयोजना देखाएर गरिएको विशिष्ट प्रकारको ठगी नै हो नियत सफा भए माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि.को खातामा किन पैसा हाल्न लगाइएन ?

 

 

प्रकाशित :२०७८ आश्विन १५, शुक्रबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry