राष्ट्रपतिद्धारा अध्यादेश खारेज गरेसँगैं आजै मन्त्रिमण्डल बिस्तारको तयारी

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सोमबारको क्याविनेटले गत १ भदौंमा ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।

Advertisement 1

सरकारले दल विभाजन गर्नका लागि संसदीय दल वा केन्द्रिय कमिटिमा कम्तिमा ४० प्रतिशत चाहिने प्रावधानलाई खुकुलो पारी २० प्रतिशतले दल फुटाउन सक्ने प्रावधान हालेर अध्यादेश ल्याएको थियो । सोही अध्यादेशमा टेकेर नेकपा एमाले फुटेर एकीकृत समाजवादी र जनता समाजवादी फुटेर लोसपा गठन भइसकेको छ । अध्यादशे फिर्ता नलिएसम्म सरकारमा सामेल नहुने माधव नेपाल र उपेन्द्र यादवहरुको भनाई थियो । अब अध्यादेश फिर्ता लिएसँगै सरकार बिस्तारको बाटो खुलेको छ ।

सरकारले अध्यादेश फिर्ता लिएसँगै भोलीभित्रैमा क्याबिनेट विस्तार हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम लिष्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा जाने मन्त्रीहरुको सूची बुझाएको स्रोतले बतायो ।

Advertisement 2

नेपालले समाजवादीबाट सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सांसदहरुको सुची देउवालाई बुझाएको हुन । सुचीमा विरोध खतिवडा,जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, रामकुमारी झाक्री र प्रेम आलेको नाम समावेश भएको जनाइएको छ । बांकी एकजना भने किसान श्रेष्ठ वा भवानी खापुगंमध्ये मन्त्री बन्नेछन् ।

यस्तै काँग्रेसबाट हाल बालकृष्ण खाँड,गृहमन्त्री,ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिला मन्त्री र नारायण खड्का परराष्ट्रमन्त्री छन् । काँग्रेसबाट दिलेन्द्रप्रसाद बडु,मिनेन्द्र रिजाल,पुष्पा भुषाल,भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्येबाट मन्त्री बन्ने चर्चा छ । २५ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाले समान रूपमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय लिनेगरी सहमति जुटेको छ ।

Advertisement 3

 

प्रकाशित :२०७८ आश्विन १२, मंगलवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry