स्थानियको आफैँ लागेपछि विग्रीएको विद्युत सुचारु
अविरल वर्षाका कारण देशका विभिन्न भागहरू प्रभावित भएका छन् भने विभिन्न राजमार्गहरू पनि अवरुद्ध भएका छन् ।
Advertisement 1
अविरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा बाढी र पहिरोबाट जिल्लाको स्वास्थ्य, शिक्षा, विद्युत, सडक लगायतका अन्य विभिन्न क्षेत्रमा पुर्याएको क्षतिका कारण चामेका वासिन्दाहरु विद्युत सेवाबाट वन्चित भई स्थानियले कस्टकर जिवन विताउन परिरहेको थियो ।
Advertisement 2
त्यहाँको स्थानीय निकायले उक्त समस्याको समाधान प्रति चासो नदेखाएका कारण स्थानीय निकै अक्रोशित भएका छन् । हाल स्थानीय वासीकै पहल र स्थानीयकै श्रमदानमा विद्युत सुचारु गर्न लागी परेका छन् । सदरमुकाम चामेका स्थानीयहरुले चामे साना जलविद्युत उपभोक्ता समितिको कोषबाट बाढी पहिरोले क्षेदविक्षेद पारेको जलविद्युतलाई १४,२५,००० लगानीमा २८ दिन श्रमदान गरी आखिर आफ्नै पहलमा विद्युत सुचारु गरेको एउटा उदाहारणीय कार्य देखिएको छ ।
Advertisement 3
जिल्लामा परेको यस्तो विपत्तीको घडिमा स्थानीय निकायले चासो नदेखाएको कारण आक्रोसित स्थानीय वासीले मनाङ परिवार दक्षीण कोरियाबाट राहत स्वरुप आएको रु. १,८०,००० सहयोगलाई अत्यावसेक विजुलिको सामान ढुवानीमा प्रयोग गरेर बेशिशहरदेखि चामे सम्म हेलिकप्टर मार्फत ल्याई विद्युत सुचारु गर्न सफल भएको चामे साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष निमा धोर्जे लामाले जानकारी दिए ।
यस्तो विपत्तीको समयमा स्थानीय निकायले चासो नदेखाएको देख्दा स्थानीयलाई परेको चोटको वेवास्ता गरेको जस्तो देखिएको स्थानियले जानकारी दिएका छन् ।