यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदुत फिर्ता बोलाउनेदेखि विभिन्न निर्णयहरु गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यस्तै,आजको क्याविनेटले राजदूत बनेका परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई भने यथावत राख्ने निर्णय गरेको छ ।
Advertisement 1
सरकारको यो निर्णयसँगै अमेरिका,बेलायत,चीन,ओमान,इजरायल,मलेसिया,बंगलादेश,जापान,कतार,स्पेन,दक्षिण अफ्रिका सहितका १२ देशका राजदुत एकै साथ तानिनेछन् । जसअनुसार अमेरिकाका लागि राजदूत युवराज खतिवडा,चीनका लागि महेन्द्रबहादुर पाण्डे,भारतका लागि नीलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी एकैसाथ तानिएका छन् ।यस्तै, फिर्ता बोलाइएका अन्य राजदूतमा अन्जान शाक्य इजरायल, शर्मिला पराजुली ढकालओमान,नारद भारद्वाज कतार, उदयराज पाण्डे मलेसिया, वंशीधर मिश्र बंगलादेश पनि छन् । यो निर्णयसँगै जापानको राजदुत प्रतिभा राणा पनि तानिनेछिन् । उनी प्रधानमन्त्री देउवाकी सासु हुन् । सरकारको यो निर्णयबाट १२ देशका राजदुत फिर्ता हुनेछन् ।हाल अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली रहेको छ ।
त्यस्तै, सरकारले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमि र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३।५ कि।मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
यस्तै सरकारले कोभिड १९ संकट व्यवस्थापन र औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
Advertisement 2
औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको छ ।