नेपाली इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’ :- आजदेखि रोकियो सरकारको नियमित खर्च

नेपाली इतिहासमै पहिलो पटक बजेट होलिडे अर्थात सरकारको नियमित खर्च रोकिने स्थिती आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोधका कारण चाल् आर्थिक बर्षको बजेट निस्क्रिय हुँदा यस्तो स्थिती आइलागेको हो ।
प्रतिनिधि सभाबाट आजसम्ममा पारित हुनुपर्ने प्रतिष्थापन विद्येयक पारितमा केही ढिलाई हुँदा अबको केही दिनलाई सरकारी खर्च रोकिने भएको हो ।
पूर्ववर्ति ओली सरकारले गत १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट ६० दिनभित्र अर्थात भोली भदौं ३० भित्र पारित हुनुपर्ने भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को लगातारको अवरोधका कारण सो पारित हुन नसक्दा सरकारले गर्ने खर्च केही दिन पूर्णत रोकिने स्थितीमा पुगेको हो ।

Advertisement 1

संविधानअनुसार अध्यादेश संसदमा प्रस्तुत भएको ६० दिनमा पारित नभएमा निस्क्रिय हुनेछ । पूववर्ति सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधवारसम्म मात्रै सक्रिय रहन्छ । अर्थात भोलीबाट बजेट निस्क्रिय रहन्छ ।

बजेट पारित हुन ढिलाई भएको कारण राज्यकोषबाट हुने सरकारी खर्च रोकिन स्थितीमा पुगेको हो । यस्तो स्थिती नेपालमा पहिलो पटक आएको छ । यद्यपि कर उठाउनका लागि बन्देज नलाग्ने अर्थतन्त्रका जानकारहरु सुनाउँछन् । कर उठाए पनि सरकारले खर्च भने पाउनेछैन् ।

Advertisement 2

संसदको आज डाकिएको बैठक पनि प्रमुख प्रतिपक्षीको अवरोधका कारण स्थगित गरिएको छ । आगामी साता अर्थात ४ गते प्रतिनिधि सभाको बैठक डाकिएको छ ।
यता यही साता महालेखा नियन्त्रकको कार्यालयले सरकारी तलब र पेन्सन बाहेक सबै निकासा रोक्न परिपत्र गरेसँगै झनै अन्योलता थपेको छ ।

जस्तो बोर्डरमा खटिएका सुरक्षाकर्मी,कैदीबन्दीहरुलाई राशन सरकारले नै उपलव्ध गराउँदै आएको छ । महालेखाको यो सर्कुलरले तिनको हकमा राशन,पानीको व्यवस्था कसरी हुने भन्ने प्रश्न उठाएको छ ।

प्रकाशित :२०७८ भाद्र ३०, बुधबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry