प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रस्ताव “अब अलग–अलग पार्टी चलाऔं, सँगै बसेर काम गर्न सकिएन”
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकीकरण गम्भीर मोडमा पुगेको खुलाशा भएको छ । नेकपाको सचिवालयका सदस्यहरुसँग खुमलटारमा भएको भेटमा पार्टीका अर्काे अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । खुमलटार बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग गर्ने प्रस्ताव राखेको खुलासा गरेका हुन् । आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए ।
Advertisement 1
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तिक्ततामा परिणत भएको प्रचण्डले ब्रिफिङ गरेका थिए । “बैठकको उपादेयता छैन, निर्णय सबै मान्नुपर्छ भन्ने पनि छैन, पार्टी अब अलगअलग जाने हो भनेर प्रधानमन्त्री ओलीले भन्नुभएको कुरा अध्यक्ष प्रचण्डले हामीसँग भन्नुभयो’ बैठकमा सहभागी एक सदस्यले भने ।
बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् ।
Advertisement 2
‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलगअलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ बैठकमा सहभागी सदस्यले, भने ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’