पूर्वमन्त्री झाले कुटे रेल्वेका कर्मचारी

पूर्वमन्त्री रामचन्द्र झाले रेल्वे कम्पनीका कर्मचारीलाई कुटपिट गरेको भन्दै कम्पनीका कर्मचारीहरुले कारवाहीका लागि प्रमुखसमक्ष निवेदन दिएका छन् ।

Advertisement 1

१९ गत्ते बिहान १० बजेर ४५ मिनेट जाँदा हामी कर्मचारीहरु आफ्नो कर्तव्य पालना गरिरहेको समयमा कार्यकक्षभित्र केही उच्छृङ्खल व्यक्तिहरु प्रवेश गरी कर्मचारीहरुमाथि अपशब्द बोली हातपात गर्न खोजेको र ती व्यक्तिबारे बुझ्दा राजनीतिकर्मी पूर्व माननीय रामचन्द्र झाको नेतृत्वमा रहेको समूहले कर्तव्य पालन गरिरहेका हामी कर्मचारीहरुमाथि दुर्व्यहार गरेको हुनाले आवश्यक कारवाही गरि पाउँ,’ उनीहरुले कम्पनीका कार्यालय प्रमुखसामुख दिएको निवेदनमा भनिएको छ ।

ती व्यक्तिहरुले कसरी रेल चलाउँदोरहेछौ, हामी पनि हेर्छौंदेखि ‘गाला पड्काइदिने’ धम्कि दिएको निवेदनमा भनिएको छ ।

Advertisement 2

सोहन तिवारी, मनोज कुमार यादव, राहुल रौनियारलगायतका १२ जना कर्मचारीले हस्ताक्षरसहित ती व्यक्तिहरुलाई कारवाहीका निम्ति निवेदन दिएका छन् ।

प्रकाशित :२०७८ श्रावण २०, बुधबार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry