मंसिरसम्म पेन्सन खाता नवीकरण गर्नुनपर्ने

अर्थ मन्त्रालयले पेन्सनधारीहरुका लागि पेन्सन खाता नवीकरण गर्ने समय थप गरेको छ । कोभिड १९ को कारण सरकारले पेन्सनधारीहरुका लागि पेन्सन खाता आगामी मंसिर महिनासम्म नवीकरण गर्नु नपर्ने बनाएको छ । पेन्सनधारीहरुले हरेक ६ महिनामा आफ्नो पेन्सन खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाका कारण केही समयका लागि नवीकरण गर्नु नपर्ने बनाएको अर्थ मन्त्रालयले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले खाता नवीकरण नभएका पेन्सन बाहकलाई पनि नियमित रकम जम्मा गरिदिन सम्पूर्ण बैंकलाई आग्रह गरेको छ । कोभिड महामारीका बचि पनि बैंकमा भिडभाड हुने भन्दै पुरानै खातामा रकम जम्मा गर्न आग्रह गरेको कार्यालयले जनाएको छ ।अहिले झण्डै २ लाख ८४ हजारले राज्यबाट पेन्सन सुविधा लिँदै आएका छन् ।

									
										प्रकाशित  :२०७७ कार्तिक १४, शुक्रबार १४:३६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										


 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                