/* google adsense */

असई झा अर्को एकसनः ज्वाला संग्रौला पछि घुस दिन खोज्ने स्कुटर चालक फन्दामा

एक ट्राफिक प्रहरीका असईलाई घुस दिन खोज्दा स्कुटर चालक प्रहरीका फन्दामा परेका छन् । ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत रहेका मणिकान्त झालाई ३ हजार रुपैयाँ घुस दिन खोज्नेपछि प्र ३।०२–००४ प ५७४३ नम्बरको चालक सुनिल पौडेल पक्राउ परेका हुन्।

उनलाई कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। बुधबार राति पौन ९ बजेतिर पौडेलले मादक पदार्थ सेवन ९मापसे० गरेको पाइएको थियो। सो क्रममा प्रहरीलाई ३ हजार घुस दिएर उम्कन खोज्दा उनी पक्राउ परेका हुन्। ३ हजार घुस दिन खोज्नेलाई पक्राउ गर्ने असई झाले निषेधाज्ञाको समयमा बिना पास सवारी चलाएको भन्दै यसअघि अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको सवारी रोकेका थिइन्। सो क्रममा संग्रौलाले झामाथि रंगभेदी दुर्व्यवहार समेत गरेकी थिइन्।

जातीय विभेद गरेको भन्दै झाले प्रहरीकहाँ उजुरी समेत दिएका थिए। त्यसपछि पक्राउ परेकी संग्रौला गत मंगलबार मात्रै साधारण तारेखमा रिहा भएकी थिइन्।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १२:३७

प्रतिक्रिया दिनुहोस्